Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेलाई बिनाअनुमति विदेश जान रोक, पीडितलाई प्रलोभनमा पार्न नपाइने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर धरौटीमा रिहा भएपनि लामिछानेलाई विभिन्न शर्त राखिएको छ ।

अदालतले लामिछानेलाई विदेश जान रोक लगाएको छ । काठमाडौं उपत्यकाबाहिर खेल्न जानुपरे वा उपत्यका छाड्नुपरे प्रहरीलाई सूचना दिएर जान पाउने अदालतले आदेश गरेको छ।

त्यसैगरी जाहेरवाला वा पीडित परिवारसँग कुनै पनि किसिमको अन्तर्क्रिया भेटघाट गर्न रोक लगाउनुका साथै कुनै पनि किसिमको दबाब, प्रभाव र प्रलोभनमा नपार्न पनि आदेशमा भनेको छ।

सामाजिक सञ्जालमा पनि कुनै पनि किसिमको लामिछानलाई टीकाटिप्पणी गर्न रोक लगाइएको छ। यस्तै प्रहरीले उनको गतिविधिलाई निगरानी गर्न सक्ने, विद्युतीय निगरानीसमेत गर्न सक्ने आदेश गरेको छ ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्।

जाहेरीपछि लामिछाने सम्पर्कविहीन भएका थिए । प्रहरीले पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गर्नको लागि इन्टरपोलसँग आग्रह गरेको थियो। सन्दीप सोही उजुरीका आधारमा विदेशबाट फर्किने क्रममा विमानस्थलबाटै पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077