Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउन सक्ने

काठमाडौं । नेपाली क्रिकेट टिमका तत्कालीन कप्तान सन्दीप लामिछानेले पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ।

लामिछानले काठमाडौं जिल्ला अदालतको आदेश बदर हुनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।

जिल्ला अदालतले उनलाई प्रारम्भिक प्रमाणका आधारमा बलात्कारको आरोपमा थुनामा पठाएको थियो।

लामिछानेको निवेदन न्यायाधीशद्वय धुव्रराज नन्द र रमेश ढकालको इजलासमा पेसी थियो।

१८ वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीपछि लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो।

बिहीबार सबै बहस सकिएसँगै लामिछानेलाई थुनामा पठाउने वा धरौटी माग गर्ने भन्ने आदेश हुनसक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077