Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेश सरकारको पहिलो निर्णय- मन्त्रालयको संख्या घटाउने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरिले आज पदभार ग्रहण गरेसँगै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको नयाँ सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले धेरै दलको समर्थनमा सरकार गठन भए पनि जतिसक्यो थोरै मन्त्रालय बनाएर काम गर्ने निर्णय गरेको हो ।

लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, ग्रामीण, सहरी विकास तथा खानेपानी मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन तथा संस्कृति मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय र श्रम, यातायात तथा भूमि व्यवस्था मन्त्रालय रहनेछन् ।

लुम्बिनी प्रदेशका प्राथमिकता निर्धारण र कार्यान्वयन गर्ने, लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने सबै सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नेलगायतका निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077