Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सत्ता गठबन्धनको बैठक आज बस्दै, मन्त्रिपरिषद पूर्णता दिने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद बैठकबाट गत मंगलबार विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारीमा लागेका छन् ।

सो बारेमा सत्ता साझेदार दलहरुसँगको छलफलमा तिव्रता दिएका छन् । सो विषयमा आन्तरिक छलफल गर्न आज बिहीबार पनि सत्ता साझेदार दलको बैठक बस्दैछ ।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले यही पुस २६ गते संसदबाट विश्वासको मतसमेत लिइसकेका छन्। उनको विश्वासको मतलगत्तै यतिबेला सत्तासाझेदार दलहरू मन्त्रिमण्डललाई पूर्णता दिन तयारीमा तीव्रता दिन थालेका हुन्।

बुधबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा बिहीबार सत्ता साझेदार दलको बैठक बोलाउने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077