Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पृथ्वी जयन्तीका अवसरमा राप्रपाको जलपान

काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जलपान समारोह आयोजना गरेको छ।

चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसहित नेता–कार्यकर्ता, नागरिक अभियन्तादेखि समर्थकहरू सहभागी भए ।

कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताहरू पनि पुगेका थिए ।

राप्रपाले प्रत्येक वर्ष पृथ्वी जयन्तीको अवसर पारेर जलपान कार्यक्रम आयोजना गर्दै आएको छ । पृथ्वी जयन्तीको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

संसद्मामा पाँचौँ ठूलो दलका रूपमा रहेको राप्रपाका प्रतिनिधिसभामा १४ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077