Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजनीतिक संस्कारअनुसार नै हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक जनमुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने बताएकी छन्।

विश्वासको मत प्रस्तावका विषयमा संसदमा बोल्दै श्रेष्ठले राजनीतिक संस्कार अनुसार नै वर्तमान सरकारलाई विश्वासको मत दिने बताइन्।

उनले भनिन्, 'हामीले प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष हस्ताक्षर बुझाएका छौँ। हस्ताक्षर बुझाइ सकेपछि सरकारलाई समर्थन नगरेर झुटको राजनीति गर्न चाहदैनौँ। हामी राजनीतिक संस्कार अनुसार नै प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ।'

श्रेष्ठले प्रधानमन्त्री गरे आफूहरूसँग गरेको वाचा बिर्सिए पनि नागरिक उन्मुक्ति पार्टीले प्रतिवद्धता अनुसार काम गर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077