Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रोष्टमबाटै देउवालाई ओलीको प्रश्न- गुरुजी ! आफूले कतिपटक संसद विघटन गरियो ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदमा जुहारी चलेको छ ।

मंगलबार संसदमा बोल्दै ओलीले संसद विघटनको गुरू कांग्रेस सभापति शेरबहादुर देउवानै रहेको बताएका हुन्।

कांग्रेस सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका थिए ।

अहिले संविधानको रक्षा नै चुनौती बनेको उनले बताए । लगतै सम्बोधन गरेका ओलीले देउवालाई मौका अनुसार व्याख्या नगर्न आग्रह गरेका छन् । राजनीतिक घटनाक्रमलाई आफू अनुकुल व्याख्या गर्न नहुने ओलीको भनाइ छ।

उनले भने, ‘१५ सालमा बनेको संसदलाई १७ सालमा विघटन गर्ने राजा महेन्द्र हुन् होइन। २०४८ को संसदलाई विघटन गरेर ०५१ मा मध्यावधि गर्ने कांग्रेस हो म होइन।

गुरूजी, आफूले कति पटक संसद विघटन गरियो। मेरा मित्रलाई म भन्न चाहन्छु २०५८ साल असारमा संसद विघटन गरेको तपाईंले होइन ।’

देउवाले त्यसबेला संसद विघटन गर्दा सबैले विरोध जनाए पनि आफूले मात्रै समर्थन गरेको ओलीको भनाइ थियो। प्रधानमन्त्री प्रचण्ड पनि संविधानको रक्षाका लागि खरो रूपमा उभिने विश्वास रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077