Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ढुक्क भएर बस्नुस्, वर्तमान सरकारले विश्वासको मत प्राप्त गर्छ : ओली

काभ्रे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन् ।

पार्टी जनसङ्गठन समन्वय संयन्त्रले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको दुई दिने जनसंगठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोहमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले आउँदो मंगलबार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेताकार्यकर्तालाई ढुक्क रहन आग्रह गरे ।

सरकारलाई विश्वासको मत नदिनका लागि अनेक चलखेलहरू भएको बताउँदै सरकारलाई असफल बनाउने सबै प्रयासहरू असफल हुने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077