Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनमत र नागरिक उन्मुक्ति पार्टीले गरे कार्यगत एकताको घोषणा

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता हुने भएको छ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

दुई दलको सहमतिमा रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीको रिहाइ, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्ने,

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सीके राउतसँग भएको सहमति कार्यान्वयन, नागरिकता विधेयक पास गर्नुपर्ने र संविधान संशोधनलगायतका विषय समावेश छन् ।

दुई पार्टीबीच अधिकांश मुद्दामा कुरा मिलेको उल्लेख गर्दै राष्ट्रिय राजनीतिमा समन्वयकारी र हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने सहमति भएको बताइएको छ ।

संयुक्त जारी प्रेस विज्ञप्तिमा टीकापुर घटनाको राजबन्दीहरु लगायत रेशम चौधरीको रिहाइको लागि दुवै पक्षले पहल गर्ने, सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ लाई संसद्बाट पारित गराइ प्रभावकारी कार्यान्वयनमा दबाब दिने,

थरुहट र मधेस आन्दोलनसम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, विभिन्न आन्दोलनमा सहभागी भएका नागरिक उन्मुक्ति र जनमत पार्टीका आस्थाका बन्दीहरूलाई लगाइएको झुट्टा मुद्दाहरू फिर्ता लिन कानुनी प्रक्रियामार्फत सरकारलाई दबाब दिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077