Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्च बारको अध्यक्षमा हरिशङ्कर निरौला निर्वाचित

काठमाडौं । सर्वोच्च अदालत बार एसोसियसनको ३४ औँ कार्यसमिति निर्वाचनबाट अध्यक्षमा लोकतान्त्रिक समावेशी (डीएलए) समूहका वरिष्ठ अधिवक्ता हरिशंकर निरौला निर्वाचित भएका छन् ।

लोकतान्त्रिक समूहकै अधिवक्ता जगदीशचन्द्र पाण्डे उपाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रगतीशील, पेसागत तथा गणतान्त्रिक (पीएलए) समूहका अधिवक्ता श्याम कुमार खत्री सचिवमा निर्वाचित भएका छन् ।

सहसचिवमा डीएलएबाट सुजन लोप्चन र कोषाध्यक्षमा पीएलएबाट कपिलचन्द्र पोखरेल निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077