Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुटिनसँग एर्दोगानको आग्रह - युक्रेनमा एकतर्फी युद्धविराम गर्नुस्

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा ‘एकतर्फी’ युद्धविराम घोषणा आग्रह गरेका छन् ।

राष्ट्रपति एर्दोगानले शान्ति र वार्ताका लागि गरिएको आह्वानलाई एकपक्षीय युद्धविराम र निष्पक्ष समाधानका लागि दृष्टिकोणद्वारा समर्थन गर्नुपर्ने बताएका हुन् ।

एर्दोगानले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग बिहीबार टेलीफोन वार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

टर्कीका नेताले मस्को र कीभ दुवैसँगको आफ्नो राम्रो सम्बन्धलाई युद्ध अन्त्यका लागि मध्यस्थता गर्न प्रयोग गरेका छन् । एर्दोगानले पुटिन र जेलेन्स्कीलाई शान्तिका लागि शिखर सम्मेलन गर्न टर्की ल्याउने प्रयास पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077