Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से १८ अंकले वृद्धि हुँदा ५ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार १८ अंकले बढेको छ।

आज बजार १७.९२ अंकले बढेको हो । १८ अंकले बढसँगै बजार परिसूचक २१४३.७६ मा उक्लिएको छ।

दिनभर उतारचढाव भएको नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम पनि ५ अर्ब नाघेको छ ।

लगातार बढेको बजारमा बिहीबार नाफा बुक गर्ने लगानीकर्ता र बजार बढ्ने आशामा नयाँ लगानीकताकर्ता प्रवेशले तीव्र उतारचढाव देखियो । जसले गर्दा कारोबार रकम पनि बढेर ५ अर्ब नाघेको हो ।

आज अन्य र बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । होटल, बीमा, माइक्रोफाइनान्स र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

यस्तै चन्द्रागिरि हिल्स, बुद्ध भूमि नेपाल नेपाल हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, सृजनशील लघुवित्तको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ। मनकामना स्मार्ट लघुवित्त र नारायणी विकास बैंकको शेयर भने झन्डै तीन प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077