Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खुलामञ्च जोगाउन माग गर्ने स्थानीयसँग मेयर बालेनले भेट्न नमानेपछि उपमेयरलाई ज्ञापनपत्र

काठमाडौं । खुलामञ्चमा अण्डरग्राउन्ड पार्किङ बनाउन नहुने भन्दै अकुपाई टुँडिखेल अभियानले काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई ज्ञापनपत्र बुझाएको छ ।

आज अभियानले सार्वजनिक क्षेत्र खुलामञ्चलाई खुलै राख्नु पर्ने रायसहित महानगरको कार्यालयमै पुगेर उपमेयर डंगोललाई ज्ञापनपत्र बुझाइएको हो ।

महानगरका मयेर बालेन्द्र शाह (बालेन) ले स्थानीय र सम्पदा संरक्षकहरुलाई भेट्न समय नदिएपछि अभियानले उपमेयर डंगोललाई ज्ञापन पत्र बुझाएको बताइएको छ ।

अभियानले आज महानगरको कार्यालय अगाडी प्रदर्शन समेत गरेको थियो ।

महानगरले खुलामञ्चमा अण्डरग्राउन्ड पार्किङ बनाउने काम शुरु गरेपछि अहिले यसको चौतर्फी विरोध भइरहेको छ ।

महानगरको १०औं कार्यपालिका बैठकले डीपीआर बनाउने निर्णय गरेपछि स्थानीय र सम्पदा संरक्षणकर्मीले खुलामञ्चको जमिन बिगार्न नहुने भन्दै निर्णय फिर्ता लिन माग गर्दै दबाब दिइरहेका छन् ।

प्राचीन हिटि प्रणालीसँग जोडिएको खुलामञ्चको प्राकृतिक रिचार्ज सिस्टम र अन्य नकारात्मक वातावरणीय प्रभाव पनि पर्ने भएकाले खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङ्गको सोच नै ग़लत भएको उनीहरुको बुझाइ छ।

ज्ञापनपत्रमा सार्वजनिक स्थल दोहोन गरी ठेक्का नदिन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077