Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेयर बजार १७ अङ्कभन्दा धेरैले बढ्यो, ४ अर्ब बढीको कारोबार

काठमाडौं । नेप्सेमा आइबार पनि बढोत्तरी जारी रहेको छ । यस दिन नेप्से सूचक १७.२६ अंकले बढेर २०४६.२९ विन्दुमा आएको छ ।

आज दुई सय ६१ वटा कम्पनीका एक करोड आठ लाख ८० हजार कित्ता शेयर चार अर्ब चार करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै नबिल बैंकको २२ करोड ५६ लाख र नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ८७ लाख रुपैयाँको शेयर किनबेच भयो । यसअघि बिहीबार २ अर्ब ८६ करोडको सेयर कारोबार भएको थियो ।

उप-सूचकतर्फ विकास बैंक ०.०४ प्रतिशत तथा फाइनान्स सूचक ०.२० प्रतिशतले घट्दा बाँकी सूचक बढेका छन् । १७ अंकले बजार बढ्दा आज कारोबार भएका १२१ कम्पनीको सेयर मूल्य बढेका छन् भने ८७ कम्पनीको सेयर मूल्य घटेको छ।

यस्तै सृजनशील लघुवित्त, खप्तड लघुवित्त, धौलागिरि लघुवित्तका सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077