Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड

    पोखरा महानगरले दियो सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 672
    SHARES

    काठमाडौं । पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुँदैछ । इस्वी संवतको नयाँ वर्षको पहिलो दिन आज अन्तर्राष्ट्रिय विमानस्थल विधिवत् रुपमा सञ्चालन गर्न लागिएको हो ।

    भव्य समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको सहभागिता रहनेछ ।



    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक बिक्रम गौतमका अनुसार फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुनेछ । अन्तर्राष्ट्रिय विमानस्थल उदघाटनको खुसियालीमा पोखरा महानगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको छ ।



    बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ । अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्याली निकाल्ने तयारी छ । विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम छ । महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गर्दै साँझ घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध गरेको छ ।

    चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले ११ अगष्ट २०१७देखि विमानस्थल निर्माण सुरु गरेको थियो । नयाँ आधुनिक अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पोखरावासीको पचास वर्षदेखिको सपना साकार भएको भन्दै काठमाडौंस्थित चिनियाँ दूतावासले बधाई दिएको छ । उसले भनेको छ, ‘यो नेपाल चीन बीआरआई सहयोगको प्रमुख परियोजना हो, नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार