Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गते उद्घाटन हुने

पोखरा । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ ।

यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि अन्तर्राष्ट्रिय विमानस्थल विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नेछन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल उद्घानका दिन बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ ।

त्यसैगरी बिहान ११ बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने अपराह्न २ बजेपछि ‘सेलिब्रेसन’को कार्यक्रम राखिएको छ ।

यो परियोजनामा ०७४ कात्तिकदेखि ठेकेदार कम्पनीले विमानस्थल निर्माण सुरु गरेको थियो । पोखरा विमानस्थल बनाउन नेपाल सरकारले चीनको एक्जिम बैंकबाट ऋण लिएको हो ।

विमानस्थल हस्तान्तरण भइसकेपछि प्राधिकरणले क्यालिब्रेसन उडान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077