Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहको निर्देशनपछि कार्यविधि विपरीत खटिएका २२१ सुरक्षाकर्मी फिर्ता

काठमाडौं । मापदण्ड विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका दुई सय २१ जना सुरक्षाकर्मी फिर्ता भएका छन् ।

गएको मङ्गलवार गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।

निर्देशनअनुसार नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरीका ११८ जना फर्किएका हुन् । अस्ति र हिजो गरेर दुई सय २१ जना सुरक्षाकर्मी फिर्ता भएका गृह मन्त्रालयले जनाएको छ ।

राजनीतिक दलका नेता, बहालवाला तथा पूर्वप्रशासकको सुरक्षा र चालकका रूपमा उनीहरू खटिँदै आएका थिए

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077