काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि कार्यविधि विपरीत खटिएका १९४ जना सुरक्षाकर्मी फिर्ता भएका छन् । विशिष्ट व्यक्तिको सुरक्षा तथा गृह मन्त्रालयमा खटिएका उनीहरु नियमित डिउटीमा खटिएका हुन् ।
मंगलबार विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
त्यस निर्देशन अनुसार बिहीबार साँझसम्म १९४ जना सुरक्षाकर्मी फिर्ता भएको गृह मन्त्रालयले जनाएको छ । फिर्ता भएकामध्ये नेपाल प्रहरीका १०३ जना छन् । यता सशस्त्र प्रहरी बलका ९१ जना फिर्ता भएका हुन् ।
कतिपय सुरक्षाकर्मीहरू फिर्ता आउने क्रममा रहेको बताइएको छ । प्रहरीले पूर्वविशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि ६६१ जना सुरक्षाकर्मी खटाइएको थियो ।