Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

१५ वर्षअघि 'ग्याङफाइट'का क्रममा हत्या गरेर फरार अभियुक्त पक्राउ

काठमाडौं । बानेश्वरको ‘के एण्ड के’ कलेजमा भएको ‘ग्याङफाइट’का एक अभियुक्तलाई १५ वर्षपछि केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभा घर भएका पुष्पराज लिम्बु रहेका छन् ।

१४ मंसिर २०६४ मा कलेजका विद्यार्थीहरुबीच आँखा तरेको विषयलाई लिएर दुई समूहबीच झगडा हुँदा नगेन्द्र लिम्बुको हत्या भएको थियो ।

धारिलो हतियार प्रहारबाट उनको हत्या भएको थियो भने रिजन राई गम्भीर घाइते भएका थिए । सो घटना पश्चात संलग्नहरु फरार रहेका थिए । तीमध्येका एक जनालाई बिहीबार पक्राउ गरी प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077