Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरले माग्यो गृहको सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित अनधिकृत संरचना हटाउन आवश्यक सहयोग गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

बुधबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र लेखी अनाधिकृत संरचना हटाउन अभियानकै रुपमा बढाउनु पर्ने भएकाले समन्वय गर्न अनुरोध गरेको हो।

‘विशेष गरी थापाथलीस्थित अनधिकृत संरचना हटाइ त्यहाँ सौन्दर्यकरणको कार्य तत्काल सुरु गर्र्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवम् समन्वयका लागि अनुरोध गरिन्छ’, महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी हस्ताक्षरित पत्रमा भनिएको छ ।

यसअघि, सो बस्ती हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले महानगरलाई अनुरोध गरेको थियो । त्यसपछि महानगरले बस्तीमा डोजर चलाउने प्रयास गर्दा सुकुम्बासीले ढुंगामुढा गरेका थिए ।

यस्तो छ पत्रः

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077