Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ स्टक र ब्रोकर थप्ने प्रक्रिया रोक्न परेको रिट खारेज

काठमाडौं । नयाँ स्टक एक्सेन्ज र ब्रोकर लाइसेन्स नदिन माग गर्दै परेको रिटलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार खारेज गरिदिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको इजलासले रिट खारेज गरिदिएको हो ।

नेपाल धितो बोर्डले नयाँ स्टक एक्सेन्ज र ब्रोकरलाई लाइसेन्स दिन नियमावली संशोधन गरेको थियो ।

सोही नियमावली खारेजीको माग गर्दै अधिवक्ता अमृत खरेल र इन्द्र बानियाँले सर्वोच्चमा रिट दायर गरेका थिए । अब लामो समयदेखि रोकिएको स्टक ब्रोकर थप्ने र नयाँ स्टक एक्सचेञ्ज ल्याउने प्रक्रिया सुरू हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077