Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड भोलिमात्रै बालुवाटार सर्ने

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीवार बालुवाटार सर्ने भएका छन्।

सोमबार प्रधानमन्त्रीको शपथ लिएका उनी शेरबहादुर देउवाले निवास नछोडेकाले बालुवाटार सर्न पाएका थिएनन्।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधवार बालुवाटारबाट महाराजगञ्जमा भाडाको घरमा सरेका छन्। देउवा बालुवाटारबाट सरेपछि प्रचण्ड बिहीबार सर्ने तयारी भएको प्रधानमन्त्रीको सुरक्षा स्रोतले जानकारी दियो।

जनताको काम गर्न सोच्नुपर्ने, योजना बनाउनुपर्ने बेला शुभकामना र बधाईमै समय बितेपछी सचिवालयले बुधबार अत्यावश्यक बाहेकका भेट बन्द गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077