Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतसँग राम्रो सम्बन्ध बनाउन चाहन्छु, विदेश भ्रमण भारतबाटै हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले भारतसँग नेपालको राम्रो सम्बन्ध चाहेको बताएका छन् ।

प्रधानमन्त्री भएको भोलिपल्टै भारतको चर्चित टेलिभिजन च्यानल एबीपी न्यूजलाई छोटो अन्तर्वार्ता दिने क्रममा दाहालले यस्तो बताएका हुन्।
उनले भने, ‘म भारत विरोधी होइन, पुराना विवाद बिर्सेर अगाडि बढ्छु ।’

प्रचण्डले प्रधानमन्त्रीमा निर्वाचित भएकोमा आफूलाई सर्वप्रथम भारतीय राजदूतले बधाई दिएको पनि खुलाए । ‘मैले राष्ट्रपतिबाट शपथ लिएपछि मलाई भारतीय राजदूत नवीन श्रीवास्तवले फोन गरेर सबैभन्दा पहिले बधाई दिनुभयो । त्यसपछि भारतीय प्रधानमन्त्रीले ट्विट गरेर बधाई दिनुभयो। नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध छ। हामीले मिलेर कयौँ काम गर्नुछ। त्यो काममा हामी लाग्नेछौँ,' उनले भने ।

यस्तै उनले आफूले विदेश भ्रमणको थालनी दक्षिणी छिमेकी भारतबाटै गर्ने खुलाएका छन् । साथै आफूलाई विदेशी कटूनीतिज्ञमध्ये सबैभन्दा पहिले भारतीय राजदून नवीन श्रीवास्तवले फोन गरेर सबैभन्दा पहिले बधाई दिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077