Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • प्रधानमन्त्री प्रचण्ड भन्छन् – अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता हो

    प्रधानमन्त्री प्रचण्ड भन्छन् – अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता हो

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 702
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।
    महासंघका अध्यक्ष शेखर गोल्छासहितका पदाधिकारीहरु आज बिहान प्रचण्डको निजी निवास खुमलटार गएर भेटवार्ता गरेका हुन् ।

    भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताए । उनले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषदको पहिलो बैठकबाट यस सम्बन्धमा निर्णय समेत भैसकेको जानकारी गराएका थिए ।



    अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि उनले बताए ।



    सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसाय सन्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालु पुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव दिए ।

    प्रधानमन्त्री बनेकोमा प्रचण्डलाई समग्र निजी क्षेत्रको तर्फबाट गोल्छाले बधाई एवम् शुभकामनासमेत दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार