Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनविरुद्ध सडकमा उत्रिन नेता कार्यकर्तालाई विप्लवको निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध सडकमा उत्रिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

महासचिव विप्लवले बुटवलको शिवगढीमा आयोजित १३० औँ माओ दिवसलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरका मेयर बालेनले सुकुम्बासीलाई दुःख दिएको भन्दै यस्तो निर्देशन दिएका हुन् ।

साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादलाई कहिल्यै आत्मसात् नगरको आरोप लगाएका छन् ।

प्रचण्डले माओवादको सिद्धान्त बिर्सिएको आरोप लगाउँदै उनले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डमा एकै प्रवृत्ति रहेको र दुवै सत्तालिप्त नेता भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077