Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले गरे सहीदहरूको सालिकमा माल्यार्पण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लैनचौरस्थित शहीद स्मृति स्मारक पुगेका छन् ।

सो स्मारकमा प्रधानमन्त्रीले शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा नेपालको ४४औँ प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएपछि उनी शहीद स्मृति स्मारकमा पुगेका हुन् ।

त्यसलगत्तै दाहाल कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा रहेको पुष्पलालको सालिकमा माल्यार्पण गरे ।

पार्टी कार्यालय पेरिसडाडामा रहेको सहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गरेपछि पदभार सम्हाल्न सिंहदरवार जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077