Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • भारतीय प्रधानमन्त्री मोदीले दिए प्रचण्डलाई बधाई, भन्छन् – तपाईंसँग मिलेर काम गर्न तत्पर छु

    भारतीय प्रधानमन्त्री मोदीले दिए प्रचण्डलाई बधाई, भन्छन् – तपाईंसँग मिलेर काम गर्न तत्पर छु

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नयाँ प्रधानमन्त्री नियुक्त भएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले आइतबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रचण्डलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका हुन् ।

    मोदीले भारत र नेपाल बीचको अद्वितीय सम्बन्ध गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनता बीचको न्यानो सम्बन्धमा आधारित रहेको बताउँदै यो मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन् ।



    ‘सिएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । भारत र नेपाल बीचको अद्वितीय सम्बन्ध गहिरो सांस्कृतिक सम्बन्ध र जनता-जनता बीचको न्यानो सम्बन्धमा आधारित छ। यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईँसँग मिलेर काम गर्न तत्पर छु,’ उनले ट्वीटरमा उल्लेख गरेका छन् । यस भन्दा अगाडि प्रचण्डलाई चिनियाँ दूतावासले बधाई दिएको थियो ।



    प्रचण्ड आइतबार एमालेसहितका दलहरुको सर्मथनसहित प्रधानमन्त्रीका नियुक्त भएका थिए। मंसिर ४ मा भएको प्रतिनिधि सभाको निर्वाचनपछिको परिणामका आधारमा बहुमत जुटाएपछि प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन्।

    सरकार निर्माणका लागि आवश्यक वहुमत पुर्याएर दाबी गरेपछि राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। दाहालको सपथ सोमबार हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार