Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्ड र ओली राष्ट्रपति निवासमा

काठमाडौं । नयाँ सरकार गठनका लागि बहुमत सांसद संख्याको दाबीसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू शीतल निवास पुगेका छन् ।

राष्ट्रपति कार्यालयले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालका अनुसार, माओवादी केन्द्र सहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको हस्ताक्षर सहितको पत्र आइपुगेको हो ।

बालकोटमा सम्पन्न बैठकमा साढे २ वर्षका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077