Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमरेशकुमार र प्रचण्डबीच भेटवार्ता, अमरेशको आग्रह - तपाईं अहिले प्रधानमन्त्री बन्नुपर्छ

काठमाडौं । स्वतन्त्रबाट निर्वाचित सांसद अमरेश कुमार सिंह र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उनीहरुबीच शनिबार खुमलटारमा भेटवार्ता भएको हो ।

प्रचण्डलाई भेट्न खुमलटार पुगेका अमरेशले प्रधानमन्त्री पदमा दाबी नछाड्न दबाब दिएका छन् । ‘तपाईं अहिले प्रधानमन्त्री बन्नुपर्छ। शेरबहादुर देउवाबाट मुलुकले निकास पाउन सक्दैन। प्रधानमन्त्रीमा आफ्नो दाबी नछाड्नुहोला,’ भेटमा अमरेशले प्रचण्डलाई भने ।

यस्तै उनीहरुबीच सत्ता समीकरणको विषयमा पनि छलफल भएको बताइएको छ । केही दिनअघि मात्रै अमरेश भारतको राजधानी नयाँ दिल्ली गएका थिए । नयाँ दिल्लीबाट फर्किए लगत्तै उनले प्रचण्डसँग भेटवार्तासमेत गरेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिंहलाई टिकट नदिएपछि उनी सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा बागी उम्मेदवार बनेर विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077