Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहले भन्यो – नयाँ भेरियन्टको संक्रमणदर बढ्यो, स्वास्थ्य ‘प्रोटोकल’ पालना गराइयोस्

काठमाडौं । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य प्रोटोकल पालना गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

छिमेकी देशहरूमा कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमणदर बढ्दै गएको अवस्थामा जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहहरू लगायतलाई मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै ती निकायलाई सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, एक अर्कामा भौतिक दुरी कायम राख्ने, व्यक्तिगत सरसफाई लगायत आवश्यक स्वास्थ्य प्रोटोकल पालना गर्ने व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।

केही देशहरूमा संक्रमणका नयाँ स्वरूप (भेरियन्ट) देखापरेको र सो को जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सुसूचित हुन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077