Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्रले गरे जानकी मन्दिरमा विशेष पूजापाठ

जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पुगेर विशेष पूजापाठ गरेका छन् ।

शुक्रबार जनकपुरधाम आइपुगेका उनले शनिबार जानकी मन्दिर पुगेर पूजापाठ गरेका हुन् ।

जानकी मन्दिरमा पूर्व राजालाई स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो । मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए । उनी मन्दिर पुगेपछि समर्थकले राजा आऊ, देश बचाउको नारा लगाए ।

पूजापाठपश्चात् उनी जनकपुरस्थित भिआइपी गेस्ट हाउस यात्री निवास पुगेका थिए । पूर्व राजासँग पूर्व महारानी कोमल शाह र छोरी पनि सँगै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077