Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ सरकार गठनबारे सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच निर्णायक वार्ता हुँदै

काठमाडौं । नयाँ सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज निर्णायक छलफल हुने भएको छ ।

शुक्रबार भएको छलफल निष्कर्षविहीन बने पछि आज पुनः छलफल हुन लागेको हो । दुवै नेताले प्रधानमन्त्रीको दाबी नछाडेपछि शुक्रबार साँझ बालुवाटारमा भएको छलफल निष्कर्षविहीन बनेको थियो ।

प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन् । तर, आफ्नै आकांक्षा र पार्टीको दबाबका कारण देउवा प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन् ।

बालुवाटारमा भएको यस छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी हुने भनिएको थियो तर स्वास्थ्यका कारण उनी सहभागी थिएनन् । राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी गर्न दिएको सात दिनको समयसीमा आइतबार अपराह्न ५ बजे सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077