Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कतार एयरवेजबाट पेरिस उडे ‘बिकिनी किलर’ चार्ल्स शोभराज

काठमाडौं । ‘बिकिनी किलर’का रूपमा कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज कतार एयरवेजको जहाजबाट शुक्रबार पेरिसतर्फ उडेका छन् ।

उनी अध्यागमन विभागबाट शुक्रबार ५ बजे त्रिभुवन विमानस्थल गएका थिए । कतार एयरवेजको ६ बजेका लागि निर्धारित जहाजमा उनी उड्ने तय भएको थियो ।

उनलाई नै केही बेर प्रतीक्षा गरेको जहाज निर्धारित समयभन्दा २९ मिनेट ढिलो दोहातर्फ उडेको हो । उनी दोहा हुँदै पेरिस जाने छन् । अध्यागमन विभागले उनलाई नेपालमा १० वर्षसम्म आउन नपाउने गरी प्रतिबन्ध लगाएको छ।

बुधबार सर्वोच्च अदालतले १९ वर्ष दुई महिना जेल सजाय भोगिसकेका शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको थियो। सम्भव भएसम्म त्यही दिन कैदमुक्त गर्न आदेश दिए पनि कागजी प्रक्रियाका कारण ढिलाइ भएको थियो। कागजी रूपमा हिजै कैदमुक्त भएपनि उनी त्यहीँ बसेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077