Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अध्यागमन विभागले शोभराजलाई तिरायो ५० हजार जरिवाना

काठमाडौं । विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई अध्यागमन विभागले जरिवाना तिराएको छ।

पर्यटन भिसामा नेपाल आई अपराधमा संलग्न भएर अध्यागमनसम्बन्धी कसुर गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

गम्भीर किसिमको अपराधमा संलग्न भएकाले उनलाई जरिवाना गराइएको विभागले जनाएको छ । यो कसुरमा अधिकतम ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ।

जरिवाना गराएपछि उनको निष्कासनसम्बन्धी निर्णय गर्न विभागले फाइल गृह मन्त्रालयमा पठाएको छ। १० वर्ष वा आजीवन नेपाल आउन नपाउने गरी निष्कासन गर्न लागिएको विभागले जनाएको छ ।

शोभराजलाई आजै फ्रान्स निष्कासनको तयारी भइरहेको छ। ट्राभल डकुमेन्ट नहुँदा उनको निष्कासन प्रक्रिया लम्बिएको छ।

फ्रान्स दूतावासले ट्राभल डकुमेन्ट उपब्लध गराएपछि निष्कासनको निर्णय गर्न लागिएको हो। केन्द्रीय कारागारबाट छुटेलगत्तै उनलाई कडा सुरक्षाबीच अध्यागमन विभागमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077