Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साढे ७ वर्षपछि एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउदै यादवलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतले उनीहरुलाई सफाई दिएको थियो ।  सर्वोच्च अदालतबाट निर्णय हुदा उनी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख थिए ।

२०७० सालमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रहेका बेलामा उनीमाथि अनियमितता गरी मुद्दा मिलाएको भनी भ्रष्टाचारमुद्दा दायर भएको थियो ।

सर्वोच्च अदालतले उनीसँगै हवल्दार ढक बहादुर गुरुङलाई पनि दोषी ठहर गरेको हो । विशेषले उनलाई सफाइ दिएपनि सर्वोच्चले मुद्दा दर्ता भएको झन्डै साढे ७ वर्षपछि अघिल्लो फैसला उल्टाएर यादवलाई दोषी ठहर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077