Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीके राउतविरुद्ध सप्तरीमा नाराबाजीसहित प्रदर्शन, शपथ बदरको माग

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभा सदस्यका रूपमा बिहीबार लिएको शपथ बदर हुनुपर्ने माग गर्दै प्रदर्शन भएको छ ।

राउतले बिहीबार संसद् भवनमा 'मधेसी भाषा' भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै मिथिला नाट्य कला प्रतिष्ठान र मैथिली साहित्य परिषद्ले सप्तरीको राजविराजमा संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले नाराबाजी गर्दै राउतको पुतला दहनसमेत गरेका छन् ।

मैथिली साहित्य प्रतिष्ठान सप्तरीका पूर्व अध्यक्ष देवेन्द्र मिश्रले मधेसी भाषा कतै उल्लेख नरहेको अवस्थामा जनताको सर्वोच्च निकाय संसद् सचिवालयले मधेसी भाषा भनेर राउत र उनका पार्टीका अन्य सांसदलाई शपथ गराउनु संविधानविपरीत भएको बताए ।

राउत मंसिर ४ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077