Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

शिक्षक हत्यामा संलग्न बोहरा दम्पती सार्वजनिक

धनगढी । बैतडीको पाटनमा गत शनिबार मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या गरेको आरोपमा पक्राउ परेका श्रीमान-श्रीमतीलाई सार्वजनिक गरेको छ।

बैतडीको सुर्नया गाउँपालिकाको ग्वानी घर भइ पाटनमा रहेको कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या गरेको आरोपमा प्रहरीले विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

बिमला कृष्ण मावि पाटनको छात्राबासमा बसेर अध्ययन गर्दै आएकी आएकी थिइन्। उनी कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी थिइन्।

पौष १ गते राति शिक्षक बिष्टले बिमला बोहरामाथि अभद्र व्यवहार गरेको र त्यसपछि आफूले उनको हत्या गरेको प्रजाले स्वीकार गरेको प्रहरीले जनाएको छ।

यस्तै छात्रवासमै हत्या गरेका बिष्टको शवलाई घटना लुकाउन छात्रवासको पछाडि दुवै जना मिलेर फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077