Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारमा सहभागी हुन सबैतिरबाट प्रस्ताव आइरहेको छ : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा.चन्द्रकान्त 'सीके' राउतले सरकारमा सहभागी हुन सबैतिरबाट प्रस्ताव आएको बताएका छन् ।

सांसदको शपथ लिन नयाँ वानेश्वरस्थित संसद भवन पुगेका राउतले यस्तो बताएका हुन् । उनले सत्ता गठबन्धन र एमालेले सरकारमा सहभागीताको लागि अनुरोध गरेको बताए ।

राउतले भने, ‘कस्तो सरकार बन्छ भन्ने थाहा छैन । सरकार बन्छ भन्ने मात्रै बुझ्न सकिन्छ । न त लेफ्ट छ, न त राइट छ । जुनसुकै सरकार बने पनि त्यहाँ गएर जनताका माग पूरा गराउने मात्रै हो।’

अहिलेसम्म कस्तो सरकार बन्ने निर्क्यौल नभएको तर, जस्तो सरकार बने पनि आफ्नो सहभागिता रहने उनले बताए ।

पार्टीले सडक, सदन र सरकार गरी तीनवटै मोर्चाबाट जनताको माग पूरा गराउन लागिपर्ने राउतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077