Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हर्क साम्पाङलाई अदालतको झट्का, वनको जग्गामा फ्याक्ट्री नबनाउन अन्तरिम आदेश

काठमाडौं । राष्ट्रिय वनक्षेत्रमा साबुन उद्योग निर्माण कार्य गर्न धरानका मेयर हर्क साम्पाङलाई अदालतले रोकेको छ ।

मेयर साम्पाङ र धरान उपमहानगरपालिकाविरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले तत्काल काम स्थगन गर्न अन्तरिम आदेश जारी गरेको हाे ।

डिभिजन वन कार्यालयका सुनसरी प्रमुख भीमबहादुर कालिकोटेले दायर गरेको रिटमा उच्च अदालत विराटनगरका न्यायाधीशद्वय रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधवार अन्तरिम आदेश जारी गरेको हो ।

सुनसरी जिल्ला वन कार्यालयका प्रमुख भीमबहादुर कालिकोटेले वन क्षेत्रको जमिनमा अनधिकृत रूपमा साबुन उद्योग स्थापना हुन थालेको भन्दै त्यो काम रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए।

अदालतले ‘धरान २० स्थित सर्दु खोला किनारको नमुना बस्ती नजिकै बनाउन थालिएको साबुन उद्योग सामुदायिक वन क्षेत्रको जमिन भएको उल्लेख गर्दै वातावरणीय प्रभाव मूल्यांकनसमेत नगरी उद्योग स्थापना गर्ने काम प्रथम दृष्टिमै गैरकानुनी देखिएको’ उल्लेख गरेको छ।

तर, अदालतको उक्त आदेशबारे बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै साम्पाङले वन विभाग र राजनीतिक दलहरु धरानको उत्पादन र रोजगारी रोक्न लागेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077