Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैतडीका शिक्षक धनबहादुरको हत्यामा विद्यार्थी दम्पत्ति नै संलग्न

धनगढी । बैतडीको पाटनमा गत शनिबार मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या आशंकामा श्रीमान(श्रीमती पक्राउ परेका छन्।

बैतडीको सुर्नया गाउँपालिकाको ग्वानी घर भइ पाटनमा रहेको कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या गरेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कृष्ण माविमा कम्प्युटर डिप्लो अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरा छन् ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रहरीका अनुसार शिक्षक विष्ट पनि सोही छात्रावासको माथिल्लो तलामा बस्दै आएका थिए। छात्रावासको माथिल्लो तलामा शिक्षक विष्ट र तल्लो तलामा अन्य बस्दै आएका थिए।

राति विवाद पछि हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। विष्ट पुस २ गते छात्रावासको पछाडिपट्टि मृत भेटिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077