Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुन: मतदान र मतगणना माग गर्दै परेका ८ रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न कारणहरु देखाउँदै पुनः मतदान माग गरिएको आठ रिटमा कारण देखाऊ आदेश जारी भएको छ।

बुधबार प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले निर्वाचन आयोगलगायत विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले बुधबार प्रारम्भिक सुनुवाइपछि निर्वाचन आयोग लगायत अन्य विपक्षीहरुको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

गएको मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा विभिन्न कारणहरू देखाउँदै कतिपय क्षेत्रमा पुनः मतगणनाको मागसहित रिट दायर गरिएको थियो ।

प्रतिनिधिसभातर्फ
लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट चनद्रौटा क्षेत्र नम्बर–३ का उमेदवार रविदत्त मिश्र,
नेकपा (एमाले)का तर्फबाट धनुषा क्षेत्र नम्बर–२ का उमेदवार उमाशंकर अरगरिया,
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नम्बर–२ का उमेदवार उमेदवा गणेश पौडेल,
नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नम्बर–३ का उमेदवार सुरेन्द्रप्रसाद चौधरी,
एमालेका तर्फबाट धनुषा क्षेत्र नम्बर–४ का उमेदवार महेन्द्र यादव

प्रदेशसभातर्फ
जनता समाजवादी पार्टीका तर्फबाट सप्तरी क्षेत्र नम्बर–३ (२) का उमेदवार विदेश्वर यादव,
जनता समाजवादी पार्टीका तर्फबाट धनुषा क्षेत्र नम्बर–१ (१) का उमेदवार सुकेश्वर यादव,
नेपाली कांग्रेसका तर्फबाट सुर्खेत क्षेत्र नम्बर–२ (१) बाट कालीप्रसाद शाक्य

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077