Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोषी रहेको संसदीय समितिको निष्कर्ष, मुद्दा चलाउन सिफारिस

एजेन्सी । अमेरिकाको संसद भवन ‘क्यापिटल हिल’ मा भएको दंगाको बारेमा छानविन गरिरहेको संसदीय समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी ठहर गरेको छ ।

अमेरिकी कांग्रेसको न्यायिक छानबिन समितिले ट्रम्पविरुद्ध विभिन्न ४ वटा आपराधिक मुद्दा चलाउन न्याय विभागलाई भनेको हो ।

गत जनवरी ६ तारिखमा संसदले राष्ट्रपति चुनावको नतिजा प्रमाणिकरण गर्ने बेला प्रदर्शनकारीहरुले क्यापिटल भवनमा आक्रमण गरेका थिए ।

उनीहरुले संसद भवन केही बेर नियन्त्रणमा लिएका थिए ।

यस घटनाको १८ महिनापछि संसदिय समितीको बैठकले ट्रम्पमाथि ४ वटा आरोप लगाएको छ । जसमा राज्यविरुद्धको बिद्रोहलाई उक्साउने, सहयोग गर्ने वा सान्त्वना दिने र आधिकारिक कार्यमा अवरोध गर्ने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077