Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशभरका वडा कार्यालयलाई पञ्चीकरण विभागको पत्र- दलित थर परिवर्तन गरिदिनू

काठमाडौं । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्चीकरण विभागले दलित थर परिवर्तन गरी दलित जातिभित्रको थर कायम गर्न निवेदन परेमा सोहीअनुसार गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

देशभरका ६ हजार ७४३ वडा कार्यालयलाई पत्राचार गर्दै विभागले राष्ट्रिय दलित आयोगद्वारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएकमा सम्बन्धित् दलित जातीभित्रको थरहरु मध्येबाट निवेदकले चाहेको थर राखी जन्म दर्तामा थर परिवर्तन गरी प्रतिलिपि जारी गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयलाई जानकारी दिँदै देशभरका सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालयलाई बोधार्थ/कार्यार्थमा राख्दै विभागले दिइएको तीन बुँदे निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077