Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वकप जितेको खुसीयालीमा अर्जेन्टिनाको राजधानीमा उर्लियो जनसागर

एजेन्सी । विश्वकप जितेको खुसीयालीमा अर्जेन्टिनाको राजधानी ब्युनोस आयर्समा जनसागर सडकमा उर्लिएको छ।

अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा जितेर ३६ वर्षपछि विश्व च्याम्पियन बने लगत्तै ब्युनोस आयर्समा हजारौँ मानिस सडकमा उत्रिएर खुसीयाली मनाएका हुन्।

उनीहरू अर्जेन्टिनाको जर्सी खास गरी लिओनल मेस्सीले लगाउने १० नम्बरको जर्सीमा सजिएका छन्।

ब्युनोस आयर्सस्थित ओबेलिस्कमा उनीहरू जम्मा भएका थिए। यस ठाउँलाई अर्जेन्टिनी समर्थकहरूले खुसी व्यक्त गर्ने ठाउँका रूपमा प्रयोग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077