काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १७ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्सको बोलकबोल गर्दैछ ।
बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिमका सो परिणाम बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
सोमबार दिउँसो २ बजे ट्रेजरी बिल्सको बोलकबोल हुने बैंकले जनाएको छ । सूचना अनुसार ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याइएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरीका लागि आवेदन दिन सक्नेछन् । यसअघि बैंकले मंसिर २६ गते ४ किसिमका १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।