Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैतडीमा कृष्ण माध्यामिक विद्यालयका शिक्षक मृत फेला

बैतडी । बैतडीको पाटन नगरपालिका-६ को कृष्ण माध्यामिक विद्यालयका शिक्षक धनबहदुर बिष्ट मृत फेला परेका छन्।

सुर्नया गाउँपालिका २ ग्वानी घर भएका ५५ वर्षीय शिक्षक बिष्ट आफूले अध्यापन गराउँदै आएको कृष्ण माविको छात्रबास नजिकै झाडीमा मृत फेला परेका हुन्।

शनिबार दिउँसो १२ बजे स्थानीयहरुले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रको शवगृहमा राखिएको छ ।

हत्या गरिएको भन्दै मृतकका परिवारले निष्पक्ष अनुसन्धान नभएसम्म शव नउठाउने अडान राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077