Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेस्सीलाई बधाई दिँदै पेलेले भने - आज म्याराडोना हाँसिरहेका होलान्

एजेन्सी । महान् फुटबलर पेलेले विश्व च्याम्पियन बनेको अर्जेन्टिना र लियोनल मेस्सीलाई बधाई दिँदै दिवङ्गत डिएगो म्याराडोना हाँसिरहेको हुन सक्ने बताएका छन्।

अर्जेन्टिनालाई अन्तिम पटक सन् १९८६ मा विजेता विजेता बनाउन म्याराडोनाकै भूमिका प्रमुख थियो। विश्व फुटबलमा म्यारोडोना र पेलेमध्ये को सर्वोत्कृष्ट भन्ने विवाद अहिले पनि छ।

म्याराडोनाको केही वर्षअघि मृत्यु भएको थियो। सन् २०१० को विश्वकपमा म्याराडोनाले नै अर्जेन्टिनालाई प्रशिक्षण गरेका थिए।

हाल बिरामी रहेका पेलेले इन्स्टाग्राममा लेखेका छन्, ‘आज फुटबलले सधैँ झैँ, कथा भन्ने क्रमलाई निरन्तरता दिएको छ। मेस्सीले पहिलो विश्वकप जितेका छन् जसका लागि उनी योग्य थिए। बधाई छ अर्जेन्टिना, डिएगो म्याराडोना हाँसिरहेका छन् ।’

दक्षिण अमेरिकी महादेशले १८ वर्षपछि विश्वकप उपाधि जितेको हो । युरोपको लगातार वर्चस्व तोड्दै अर्जेन्टिना विश्व च्याम्पियन बनेको हो।

सन् २००२ मा ब्राजिलले उपाधि जितेयता कुनै पनि दक्षिण अमेरिकी टोली विश्व विजेता बन्न सकेका थिएनन्। सन् २०१० अघिसम्म युरोपबाहिर विश्व विजेता बन्न नसकेका युरोपेली टोलीले त्यसयता अफ्रिका र दक्षिण अमेरिका पुगेर उपाधि जितेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077