Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चोलेन्द्रलाई ‘क्लिन चिट’ दिने संघीय संसदका महासचिव गौतमले सर्वोच्चलाई पठाए जवाफ

काठमाडौं । संघीय संसद सचिवालयका महासिचव डा. भरतराज गौतमले सर्वोच्च अदालतलाई लिखित जवाफ पेस गरेका छन्।

गौतमले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चलाई लिखित जवाफ पेस गरेका हुन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पेस गरेका गौतमले प्रतिनिधि सभाको कार्यकाल सकिएपछि अन्य बिजनेससँगै महाभियोग प्रस्ताव पनि निष्प्रभावी हुने दावी गरेका छन्।

विधेयक नै निष्क्रिय हुने भएकाले प्रतिनिधि सभाका अरु बिजनेस महाभियोगको प्रस्ताव पनि अर्को प्रतिनिधि सभामा नजाने दावीसहितको जवाफ गौतमको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएपछि विवादमा तानिएका गौतमलाई सर्वोच्च अदालतको फुल कोर्ट र संवैधानिक इजलासले निलम्बन फुकुवाको पत्र दिनुको कारणबारे जवाफ मागेको थियो। मंसिर २६ गते गौतमलाई जवाफ माग्दै पत्र लेखेको थियो।

जबराले भने मंसिर २७ गतेदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077