Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

आइतबार प्रचण्डलाई भेट्न उपसभापति खड्का खुमलटार पुगेका थिए। नयाँ सरकार गठनको प्रयास भइरहँदा खड्काले आइतबार बिहान प्रचण्डसँग भेट गरेका हुन्।

आइतबार बिहान प्रचण्ड र खड्काबीच नयाँ सरकार गठन, पदहरु बाँडफाँट लगायत विषयमा छलफल भएको जनाइएको छ।

यसअघि प्रचण्डले शनिबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077