Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैतडीमा शिक्षक मृत भेटिए

बैतडी । बैतडीमा एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको पाटन नगरपालिका –६, बजार नजिकै रहेको श्रीकृष्ण माविको छात्रबास पछाडि ५५ वर्षीय धनबहादुर बिष्ट मृत फेला परेका हुन् ।

उनी श्रीकृष्ण मावि पाटन र पाटन बहुमुखी क्याम्पसमा शिक्षण गर्दै आएका थिए ।

बैतडीको सुर्नया गाउँपालिका –२, घरभई लामो समयदेखि पाटनमा शिक्षण गर्दै आएका बिष्ट श्रीकृष्ण माविको छात्रवास पछाडिको भिरालो ठाउँमा शनिबार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

बिष्टको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077